×

NMB BANK
NIC ASIA

कोेरोना कहरले मालपोत बन्द, कोशी अस्पतालका ११ डाक्टर नै संक्रमित

माघ ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको कहरका कारण मोरङका सरकारी कार्यालयहरू बन्द हुन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार ६ जना र मंगलवार थप २ जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा केही समयका लागि बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

यसैबीच, कोशी अस्पतालमा ७५ जनामा कोरोना संक्रमण भएपछि सेवा दिन समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले बताए । उनका अनुसार २७ नर्स, ११ डाक्टर, २ जना प्रशासनका कर्मचारी, २२ जना कार्यालय सहयोगी र सरसफाइकर्मी गरी ७५ जनामा कोरोना पुष्टि भएको छ ।

Vianet communication
Laxmi Bank

विभागीय प्रमुखहरू नै पोजेटिभ देखिएपछि अस्पतालले बिरामीका लागि सेवा दिन थप समस्या भएको छ । स्वास्थ्यकर्मीमा समस्या थपिँदै गए आपतकालीन बाहेकका सेवा सञ्चालन गर्न समस्या हुने उनले बताए । 

जिल्ला प्रशासन कार्यालय मोरङले पनि आलोपालो प्रणाली शुरू गरेको छ । बुधवारदेखि कार्यालयबाट प्रवाह हुने सेवामा आलोपालो प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी महेशराज तिम्सिनाका अनुसार आइतवार र बुधवार सुन्दरहरैंचा, बुढीगंगा र जहदा गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ भने सोमवार र बिहीवार विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालधान गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ ।

मंगलवार र शुक्रवार बेलबारी, ग्रामथान र केराबारीका सेवाग्राहीलाई सेवा दिने उनले बताए । मातहतका निकायलाई भीडभाड नगरी सेवा दिन निर्देशन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x