
सैनिक नेतृत्वले आफूप्रति पूर्वाग्रह राखेर म्याद थपका लागि सिफारिस नगरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका उपरथी अनन्त कार्कीले अवकाश पाउने भएका छन् ।
मन्त्रिपरिषद्को २० पुसको बैठकले कार्कीलाई छाडेर उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको दुई वर्ष म्याद थप गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै कार्कीले यही २३ माघबाट अवकाश पाउनेछन् ।