१५ असार २०८३, सोमबार

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ । 

माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनका प्रतिनिधिलगायत जिल्ला कार्यसमितिको निर्वाचनमा प्रत्यक्ष रुपमा सहभागी हुने पार्टीका नेता एवम् कार्यकर्ता, निर्वाचन समितिका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्वयंसेवक लगायत सबैको स्वास्थ्यलाई ध्यानमा राखी अधिवेशन स्थगन गरिएको सचिव रिजालले वक्तव्यमा उल्लेख गरेका छन् ।

गत मंसिर २४–२८ गतेसम्म १४औं केन्द्रीय महाधिवेशन सम्पन्न गरे नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्न सकेको छैन ।

अधिवेशन गर्न बाँकी जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलाली हुन् । 

salt training

कमेन्ट गर्नुहोस्