२६ असार २०८३, शुक्रबार

आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो ।

आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।

फाइनल शनिवार हुनेछ । शनिवारै गण्डकी र मधेश पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्