२१ असार २०८३, आइतबार

सुत्केरी र ७५ वर्षमाथिका विपन्न व्यक्तिलाई एम्बुलेन्स सेवा निःशुल्क

सुत्केरी र ७५ वर्षमाथिका विपन्न व्यक्तिलाई एम्बुलेन्स सेवा निःशुल्क

तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो । 

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँ सभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।

गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उनले बताए । दोस्रो लहरको कोरोना संक्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो ।

‘एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड संक्रमित बोक्यौं, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो,’ उनले भने । 

जिल्लाकै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि गत सातादेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसूस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महंगो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उहाँले बताए ।

salt training

कमेन्ट गर्नुहोस्