०७ साउन २०८३, बिहीबार

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

निर्वाचनका नाममा गरिने जालझेलयुक्त छलफलमा एमाले सहभागी हुँदैन : प्रवक्ता ज्ञवाली
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

नेकपा एमालेका प्रवक्ता उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनका नाममा गरिने जालझेलयुक्त छलफलमा एमाले सहभागी नहुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बिहान बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने स्पष्ट पार्दै प्रवक्ता ज्ञवालीले संविधान र कानूनले नै निर्वाचन कहिले गर्ने भनेर स्पष्ट तोकेकाले यसबारे थप छलफल गर्न सर्वदलीय बैठक आवश्यक नरहेको बताए ।

‘संविधान र कानूनले नै निर्वाचन कहिले गर्ने भनेर स्पष्ट तोकेको छ, यसबारे थप छलफल गर्न सर्वदलीय बैठक आवश्यक नै छैन,’ ज्ञवालीले भने, ‘निर्वाचनका नाममा गरिने जालझेलयुक्त छलफलमा एमाले सहभागी हुँदैन ।’

स्थानीय तहको चुनाव जेठ ५ अगाडि हुने गरी मिति तोक्नुपर्ने एमालेको स्पष्ट अडान रहेको ज्ञवालीले बताए । 

ज्ञवालीले भने, ‘तीनै तहको निर्वाचन एकैपल्ट गर्ने पनि सुनेका छौं, त्यो ननसेन्स कुरा हो । यो संविधान, कानून, व्यावहारिक पक्ष र मतदाताको सहजताका हिसाबले पनि सम्भव छैन ।’

निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन हुनुपर्ने बताउँदै ज्ञवालीले थप छलफल आवश्यक नभएको बताए ।

सत्तारुढ गठबन्धनभित्र स्थानीय तह निर्वाचन पछि सार्ने र प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्