पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
माघको पहिलो हप्तासम्मको तथ्यांकअनुसार कैलाली जिल्लामा कोरोनाको संक्रमण उच्च दरमा फैलिएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाको तथ्यांकअनुसार यहाँ संक्रमण उच्च दरमा फैलिएको हो ।
निर्देशानालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार सुदूरपश्चिममा २२५० जनामा परीक्षण गर्दा ५६५ जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीमा मात्रै हालसम्म १०२५ जना सक्रिय संक्रमित रहेको तथ्याकले देखाउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको जिल्लालाई उच्च खतरा तथा रेड जोन क्षेत्रको रुपमा लिने गरेको छ । सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा दैनिक जम्मा परीक्षणको औसत ५० प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिपिल श्रेष्ठ बताउँछन् ।
संक्रमण उच्च भएपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आ–आफ्ना जिल्लामा पुस २८ गते रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा बाहेक आफ्नो सबै सेवा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्ला प्रशासनमा कार्यरत २३ जनामा परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा स्थगित गर्नु परेको जानकारी दिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...