२६ असार २०८३, शुक्रबार

कोरोनाको रेडजोन कैलाली : संक्रमण भयावह, जिल्ला प्रशासनको सेवा बन्द

कोरोनाको रेडजोन कैलाली : संक्रमण भयावह, जिल्ला प्रशासनको सेवा बन्द

माघको पहिलो हप्तासम्मको तथ्यांकअनुसार कैलाली जिल्लामा कोरोनाको संक्रमण उच्च दरमा फैलिएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालाको तथ्यांकअनुसार यहाँ संक्रमण उच्च दरमा फैलिएको हो ।

निर्देशानालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार सुदूरपश्चिममा २२५० जनामा परीक्षण गर्दा ५६५ जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीमा मात्रै हालसम्म १०२५ जना सक्रिय संक्रमित रहेको तथ्याकले देखाउँछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको जिल्लालाई उच्च खतरा तथा रेड जोन क्षेत्रको रुपमा लिने गरेको छ । सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा दैनिक जम्मा परीक्षणको औसत ५० प्रतिशतमा संक्रमण पुष्टि हुँदै आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिपिल श्रेष्ठ बताउँछन् ।

संक्रमण उच्च भएपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आ–आफ्ना जिल्लामा पुस २८ गते रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा बाहेक आफ्नो सबै सेवा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्ला प्रशासनमा कार्यरत २३ जनामा परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा स्थगित गर्नु परेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्