०४ साउन २०८३, सोमबार

घरमै छन् ७१ हजार बढी संक्रमित

घरमै छन् ७१ हजार बढी संक्रमित
प्रतिनिधिमूलक तस्वीर।

देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । दैनिक १० हजारका दरले संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा पनि १० हजार २५४ नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ छ । 

तर, अधिकांश संक्रमित भने होम आइसोलसनमै छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ७१ हजार २६१ संक्रमित घरमै आइसोलेट भएर बसेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा एक हजार ६०१, आईसीयूमा २१० र भेन्टिलेटरमा ३७ जना रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्