०४ साउन २०८३, सोमबार

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ ।

आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ । आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्