
पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।
शर्माको बुधबार निधन भएको थियो । शर्मा २०५४ देखि २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।