२१ असार २०८३, आइतबार

कैलालीमा एमाले सबैभन्दा अगाडि, कांग्रेस गच्छदारको पार्टीभन्दा पनि पछाडि

कात्तिक २०, २०७४
कैलालीमा एमाले सबैभन्दा अगाडि,  कांग्रेस गच्छदारको पार्टीभन्दा पनि पछाडि

धनगढी, १६ असार– दोस्रो चरणको स्थानीय तहको मतगणना चलिरहँदा कैलालीमा नेकपा एमाले चार स्थानीय तहमा अगाडि देखिन्छ । नेकपा माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल समान तीन स्थानीय तहमा अगाडि हुँदा नेपाली कांग्रेस भने दुईवटा स्थानीय तहमा मात्रै अगाडि छ ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमाले गोदावरी नगरपालिका, वर्दगोरीया गाउँपालिका, चुरे गाउँपालिका र जानकी गाउँपालिकामा अगाडि छ ।

नेकपा माओवादी केन्द्र गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा अगाडि छ ।

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम लोकतान्त्रिक टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा अगाडि छ ।

नेपाली कांग्रेस भने धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकामा अगाडि छ ।

जम्मा १३ वटा स्थानीय तह रहेको कैलालीमा अहिले १२ वटा स्थानीय तहमा मतगणना भइरहेको छ । मोहन्याल गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्