१६ असार -दोस्रो चरणमा सम्पन्न निर्वाचन अन्तर्गत रुकुमका तीन वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । पहिलो चरणमा जिल्लाका ६ वटा स्थानीय तहमा पनि माओवादीले नै जित हासिल गरेको थियो ।
दोस्रो चरण अन्तर्गत यही मंगलवार सम्पन्न स्थानीय तहको निर्वाचनमा रुकुमका बाँकी रहेका तीन वटै गाउँपालिकामा माओवादीले झण्डै दोब्बर मतान्तरले अग्रता लिएको छ ।
ताजा मतगणना परिणाम अनुसार, १९ वटा वडामा मत गणना सकिएकोमा १७ वटा वडामा माओवादी केन्द्र र १÷१ वडामा नेकपा एमाले र नेपाली कांग्रेसले विजयी भएका छन् ।