०५ साउन २०८३, मंगलबार

रुसले कतिबेला आक्रमण गर्छ आफूलाई थाहा भएको युक्रेनी सैन्य अधिकृतको दाबी

माघ ९, २०७८
रुसले कतिबेला आक्रमण गर्छ आफूलाई थाहा भएको युक्रेनी सैन्य अधिकृतको दाबी

युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् । 

त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले उक्त मितिबाट आफूहरू चिन्तित रहेको बताए । चीनले आयोजना गरेको विश्वव्यापी खेलकुद प्रतियोगितालाई रुसले भाँजो हाल्ने गरी युक्रेनमा आक्रमण नगर्ने पाव्ल्युकको भनाइ छ । 

युक्रेनीहरू रुसीलाई हातैले किचिपिची पार्न तयार रहेको भनी पाव्ल्युकले चेतावनी समेत दिएका छन् । आफूले सैन्य सहयोग नपाएको र रुसविरुद्ध प्रतिबन्ध पनि नलगाइएको भनी युक्रेनले गुनासो गरिरहेको बेलामा पाव्ल्युकको भनाइ आएको हो । 

पाव्ल्युक बाहेक अन्यले पनि बेइजिङ ओलम्पिक र युक्रेन आक्रमणलाई जोडेका छन् । ब्लूमबर्ग पत्रिकामा शनिवार प्रकाशित एक रिपोर्टमा चीनका राष्ट्रपति सी चिनपिङले पुटिनलाई व्यक्तिगत रूपमा नै युक्रेनमाथिको आक्रमण तत्कालै नगर्न अनुरोध गरेको उल्लेख छ । सीले ओलम्पिक चलिरहेको गौरवशाली क्षणमा युक्रेनमाथि आक्रमण नगर्न आग्रह गरेको दाबी गरिएको छ । 

उक्त रिपोर्टमा यसको प्रमाण भने दिइएको छैन । बेइजिङका एक कूटनीतिकर्मीको हवाला दिइएको छ । 

रुसमा रहेको चिनियाँ दूतावासले ब्लूमबर्गको रिपोर्ट झूटो र उत्तेजक भएको दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्