३० असार २०८३, मंगलबार

भूमध्यसागरमा अमेरिकाको विमानवाहक युद्धपोतले अभ्यास गर्ने, रुसलाई सन्देश

माघ ९, २०७८
भूमध्यसागरमा अमेरिकाको विमानवाहक युद्धपोतले अभ्यास गर्ने, रुसलाई सन्देश

आणविक ऊर्जाबाट चल्ने अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस ह्यारी एस ट्रुम्यानले यसै साता भूमध्यसागरमा हुने नेटोको सैन्य अभ्यास नेप्चुन स्ट्राइक २२ मा भाग लिने अमेरिकाका रक्षा मन्त्रालय पेन्टागनले घोषणा गरेको छ । 

बाह्र दिने अभ्यास सोमवारबाट शुरू हुँदैछ र यसले नेटोको प्रतिरक्षा तथा निवारण क्षमतालाई बढाउने पेन्टागनका प्रवक्ता जोन कर्बीले शुक्रवार पत्रकारहरूलाई बताए । 

ट्रुम्यान र स्ट्राइक ग्रुपलाई नेटो अपरेसनल कन्ट्रोलअन्तर्गत राखिने भए पनि अभ्यासको समग्र कमान्ड भाइस एड्मिरल युजिन एच ब्ल्याक थर्डले गर्नेछन् । उनी अमेरिकी जलसेनाको सिक्स्थ फ्लीटका कमान्डर हुन् । 

कर्बीले नेप्चुन स्ट्राइक लामो समयदेखि योजना बनाइएको गतिविधि भएको र रुससँग अहिले चलिरहेको तनावसित यसको साइनो नभएको बताए । ‘युक्रेनमा विकसित हुन सक्ने परिस्थितिविरुद्ध यो अभ्यास डिजाइन गरिएको हैन तर हामीले सुधार गर्न सक्ने जलक्षेत्रीय क्षमताको परीक्षण गर्नका लागि हो,’ कर्बीले बताए । 

तर युक्रेन तनाव चलिरहेकै बेलामा नेटोको सैन्य अभ्यास रुसलाई सन्देश दिने उद्देश्यले नै गरिएको देखिन्छ । 

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले ट्रुम्यानको सहभागिता पराआन्ध्रीय एकताको बलियो संकेत भएको भन्दै स्वागत गरे । साझेदारहरूको सुरक्षा तथा रक्षाका लागि आवश्यक सबै काम नेटोले सदैव गर्ने पनि उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्