२४ जेठ २०८३, आइतबार

सरकारले चीनसँग आशंका र अविश्वास पैदा गर्‍यो- केपी ओली

सरकारले चीनसँग आशंका र अविश्वास पैदा गर्‍यो- केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चीनसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरेको आरोप लगाएका छन् । विगतमा टुंगिएको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको ओलीको आरोप छ । 

अध्यक्ष ओलीले आइतवार जारी गरेको विज्ञप्तिमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेको आरोप लगाएका हुन् । 

‘विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरिरहेको छ,’ ओलीको विज्ञप्तिमा भनिएको छ । 

एमालेले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्