×

NMB BANK
NIC ASIA

बिना तयारी युरो ६ मा नजाऔं, केही समय चाहिन्छ : नाडा

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले तयारी बिना नै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण  मापदण्ड  युरो ६ लागू गरिए त्यसले समस्या निम्तने जनाएको छ । 

Muktinath Bank

आइतवार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्नका लागि पूर्वाधारहरू नबनिसकेकाले अहिले नै यसलाई लागू गराउँदा समस्या निम्तने जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाडाले यूरो ३ बाट अहिले ४ र पछि ६ लागू गर्नुपर्ने समेत जनाएको छ ।   युराे ६ मा जान अहिले नै देशमा उपयुक्त पुर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेकाे नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

उनले हाल कार्यान्वयमा रहेकाे युराे ३ पछि युराे ४ लागु नगरी युराे ६ मा जादा लागत बढ्ने बताए ।

Vianet communication
Laxmi Bank

'त्याे बढ्ने लागतकाे असर अन्तत्वगत्वा उपभोक्तालाई नै पर्नेछ,'उनले भने । साेही कारण चरणबद्ध रूपमा युराे ६ मा जानुपर्ने उनले बताए ।

युराे ६ लागु भए कमर्सियल भेहिकलकाे मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएकाे उनले बताए । 

युराे ६ मा जान भारतले पनि ४ वर्ष लगाएकाे भन्दै उनले अझै पनि विकसित मुलुक युराे ६ मापदण्डमा नगइसकेकाे बताए । 'विकसित मुलुकहरू पनि युराे ६ मापदण्डमा नजानुकाे कारण त पक्कै छ । सबै भन्दा पहिला पुर्वाधार बन्नुपर्छ । त्याे अहिले नेपालमा बनिसकेकाे छैन,' मल्लले भने ।

उनले व्यवसायीहरू पनि युराे ६ मा जान चाहेकाे तर चरणबद्ध रूपमा जानुपर्ने बताए । उनले युराे ६ मा जानकाे लागि अब २ वर्षकाे समय दिनुपर्ने बताए । उनले सुरूमा हाल प्रयाेग भइरहेकाे युराे ३ बाट युराे ४ मा जाने सहमति भएकाे पनि बताए । 

पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले युराे ४ लागु गर्न तयार रहेकाे तर एकै पटक युराे ६ मा जानुभन्दा क्रमिक रूपमा जानुपर्ने बताए ।

युराे ३ बाट एकैपटक युराे ६ मा जान व्यवहारिक पनि नभएकाे उनले बताए । "युराे ६ मा जानकाे लागि हालकाे युराे ३ र युराे ६ काे प्रविधिमा धेरै फरक हुन्छ । जनशक्तिलाई पनि सिकाउनुपर्नेछ । त्यसैले समय चाहिएकाे हाे," उनले भने । 

प्राविधिक पक्षमा बलियाे हुन दुई वर्ष लाग्ने नाडाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x