३१ असार २०८३, बुधबार

बिना तयारी युरो ६ मा नजाऔं, केही समय चाहिन्छ : नाडा

बिना तयारी युरो ६ मा नजाऔं, केही समय चाहिन्छ : नाडा

नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले तयारी बिना नै सवारी तथा यातायातका साधनहरूमा सवारी प्रदुषण  मापदण्ड  युरो ६ लागू गरिए त्यसले समस्या निम्तने जनाएको छ । 

आइतवार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्नका लागि पूर्वाधारहरू नबनिसकेकाले अहिले नै यसलाई लागू गराउँदा समस्या निम्तने जनाएको हो । 

नाडाले यूरो ३ बाट अहिले ४ र पछि ६ लागू गर्नुपर्ने समेत जनाएको छ ।   युराे ६ मा जान अहिले नै देशमा उपयुक्त पुर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेकाे नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।

उनले हाल कार्यान्वयमा रहेकाे युराे ३ पछि युराे ४ लागु नगरी युराे ६ मा जादा लागत बढ्ने बताए ।

'त्याे बढ्ने लागतकाे असर अन्तत्वगत्वा उपभोक्तालाई नै पर्नेछ,'उनले भने । साेही कारण चरणबद्ध रूपमा युराे ६ मा जानुपर्ने उनले बताए ।

युराे ६ लागु भए कमर्सियल भेहिकलकाे मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने देखिएकाे उनले बताए । 

युराे ६ मा जान भारतले पनि ४ वर्ष लगाएकाे भन्दै उनले अझै पनि विकसित मुलुक युराे ६ मापदण्डमा नगइसकेकाे बताए । 'विकसित मुलुकहरू पनि युराे ६ मापदण्डमा नजानुकाे कारण त पक्कै छ । सबै भन्दा पहिला पुर्वाधार बन्नुपर्छ । त्याे अहिले नेपालमा बनिसकेकाे छैन,' मल्लले भने ।

उनले व्यवसायीहरू पनि युराे ६ मा जान चाहेकाे तर चरणबद्ध रूपमा जानुपर्ने बताए । उनले युराे ६ मा जानकाे लागि अब २ वर्षकाे समय दिनुपर्ने बताए । उनले सुरूमा हाल प्रयाेग भइरहेकाे युराे ३ बाट युराे ४ मा जाने सहमति भएकाे पनि बताए । 

पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले युराे ४ लागु गर्न तयार रहेकाे तर एकै पटक युराे ६ मा जानुभन्दा क्रमिक रूपमा जानुपर्ने बताए ।

युराे ३ बाट एकैपटक युराे ६ मा जान व्यवहारिक पनि नभएकाे उनले बताए । "युराे ६ मा जानकाे लागि हालकाे युराे ३ र युराे ६ काे प्रविधिमा धेरै फरक हुन्छ । जनशक्तिलाई पनि सिकाउनुपर्नेछ । त्यसैले समय चाहिएकाे हाे," उनले भने । 

प्राविधिक पक्षमा बलियाे हुन दुई वर्ष लाग्ने नाडाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्