२७ असार २०८३, शनिबार

सात स्थानमा जितेर एमाले अगाडि, कांग्रेसले पछ्याइरहँदा माओवादी एक स्थानमा विजयी

कात्तिक २०, २०७४
सात स्थानमा जितेर एमाले अगाडि, कांग्रेसले पछ्याइरहँदा माओवादी एक स्थानमा विजयी

काठमाडौं, १६ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मतदान भएका १, ५ र ७ नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म ५ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेस दुई, नेकपा एमाले दुई र नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएका छन् ।

नेपाली कांग्रेस


कांडा गाउँपालिका बझाङ

नेपाली कांग्रेसले स्थानीय तह प्रमुखमा बझाङबाट जीतको खाता खोल्यो । नेपाली कांग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्दै जीतको खाता खोलेको हो ।

कांडा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसबाट अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत प्राप्त गरे भने एमाले उम्मेदवारले २ सय ३६ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत ल्याएर विजयी भए भने एमालेका उम्मेदवार ३ सय २६ मत ल्याए ।

छेडेदह गाउँपालिका बाजुरा

बाजुराको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर रावल ३७०५ मत ल्याएर विजयी भएका छन् ।

बडिमालिका नगरपालिका बाजुरा

बाजुराकै बडिमालिका नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पदम बडुवाल विजयी भएका हुन् । उलने २ हजार ९ सय ४५ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरे ।

चिचिला गाउँपालिका संखुवासभा

संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिलाको अध्यक्षमा कांग्रेसका पासाङ नर्वु शेर्पा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई विजयी भएकी छन् ।

सिलीचोङ गाउँपालिका संखुवासभा

संखुवासभाकै सिलीचोङ गाउँपालिकामा नेपाली कांग्रेसका रामबहादुर कुलुङ विजयी भएका छन् । उलने १ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् ।


नेकपा एमाले


मष्टा गाउँपालिका बझाङ

नेकपा एमालेले पनि जीतको खाता ७ नम्बर प्रदेशको बझाङ जिल्लाबाट खोल्यो । बझाङको मष्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गर्दै एमालेले खाता खोलेको हो ।

मष्टाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत २१४२ र उपाध्यक्षमा एमालेकै भगवतीकुमारी बोहरा २१८० मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १९१७ र उपाध्यक्षमा कांग्रेसकै देवीकुमारी सेटीले १९३० मत प्राप्त गरेका छन् ।

पाण्डवगुफा गाँउपालिका बाजुरा

बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका कालीबहादुर शाही १४५१ मतका साथ पाण्डवगुफाको अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत ल्याएर विजयी भएकी छन् ।


अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए भने उपाध्यका प्रतिद्वन्द्वी कांग्रेसकै तारा रोकायाले ९८७ मत ल्याइन् ।

गौमुल गाउँपालिका बाजुरा

बाजुराकै गौमुल गाउँपालिकामा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार हरि रोकाय २ हजार २ सय ४० मत ल्याएर गौमुलको अध्यक्षमा विजयी भएका हुन् ।

अमरगढी नगरपालिका डडेल्धुरा

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम रहेको अमगरगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका विपिन ओझा विजयी भएका छन् । उनले ३ हजार ७ सय ६८ मत प्राप्त गरे ।

अमरगढीको उपमेयरमा पनि नकेपा एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।

जन्तेढुंगा गाउँपालिका खोटाङ

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । २ हजार १ सय ५३ मत सहित एमालेका शंकर राई विजयी बनेका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित विजयी भएकी छन् ।

सो गाउँपालिकामा नेपाली कांग्रेसका खेमबहादुर खड्काले १ हजार ५ सय ६२ मत र माओवादी केन्द्रकी अरुणा राईले १ हजार १ सय ४७ मत प्राप्त गरिन् ।

पञ्चेश्वर गाउँपालिका बैतडी

बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरख चन्द विजयी भएका छन् । उनले २ हजार ६ सय ८ मत प्राप्त गरे ।

रामप्रसाद राई गाउँपालिका भोजपुर

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवरा बिजय राई विजयी भएका छन् । उनले २ हजार ३ सय ५६ मत ल्याए ।


नेकपा माओवादी केन्द्र


लिखुपिके गाउँपालिका सोलुखुम्बु 

नेकपा माओवादी केन्द्रले १ नम्बर प्रदेशका सोलुखुम्बु जिल्लाबाट स्थानीय तह प्रमुखमा जीतको खाता खोलेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत ११३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि माओवादीकै प्रमिला बस्नेत १०४२ मत ल्याएर विजयी भएकी छन् ।

अध्यक्षका निकटम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा कांग्रेसकै मिना कार्कीले ८२८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्