१७ असार २०८३, बुधबार

माओवादी महासचिवका दाबेदार पुन आज स्वदेश फर्किँदै

माओवादी महासचिवका दाबेदार पुन आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रको महासचिव पदका दाबेदार मध्येका एक वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको यसअघि नै जानकारी दिइसकेका छन् ।

सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए ।
माओवादीले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । सोही बैठकले महासचिवसहितको पदाधिकारी चयन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्