असार २३, २०७९
गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो। मन्त्...
प्रदेश १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।
उनले भने, 'सीसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ ।'
शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति गर्नका लागि वैज्ञानिक ढंगले काम गरिरहेको उनले बताए ।
उनले भने, 'प्रदेशको राजधानीलाई हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।'
प्रदेश सरकारले १४ जिल्लामा गरिब, अशक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गरिने जानकारी दिँदै उनले आन्तरिक मामिला तथा कानून मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री कार्कीले केही महिनाभित्रै प्रदेशका अदालत तथा बारलाई प्रदेश सरकारले निर्माण गरेको ऐन कानून उपलब्ध गराउने जानकारी दिए ।
गृह मन्त्रालयले ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित प्रदेश मन्त्रालयसहित निकायहरूलाई परिपत्र गरेको छ। सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न सम्बन्धित मन्त्रालयहरू तथा निकायलाई मन्त्रालयले परिपत्र गरेको हो। मन्त्...
बाराको सिम्रौनगढ नगरपालिका १ स्थित ठाडगाउँबाट सशस्त्र प्रहरीले बुधवार एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया छन्। उन...
नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसू...
नेपाली सेनाको आयोजनामा ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक २ दिवसीय सेमिनार बिहीवार जंगी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति प्रभुराम ...
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...