१९ असार २०८३, शुक्रबार

राष्ट्रिय सुरक्षामा धेरै खर्च गर्दा चीनको पतन हुने चेतावनी

माघ १०, २०७८
राष्ट्रिय सुरक्षामा धेरै खर्च गर्दा चीनको पतन हुने चेतावनी

चीनका एक परराष्ट्रनीति सल्लाहकारले सी चिनपिङ सरकारलाई चेतावनी दिएका छन् । 

पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य च्या छिंग्वोनेले राष्ट्रिय सुरक्षामा गरिएको खर्च नै चीनको पतनको कारण बन्न सक्ने बताए । चीनको पतन सोभियत संघको जस्तै हुने आशंका पनि उनले गरे । 

लामो अवधिको सुरक्षा रणनीति बनाउनुको साटो सैन्य विस्तार गर्दा घाटा लाग्ने प्रमाण रहेको उनको भनाइ छ ।

सोभियत संघको पतनलाई देशभरिको कम्युनिस्ट स्कूलहरूमा प्रमुख पाठका रूपमा पढाइने गरेको छ । त्यस्तो पतन चीनको नहोस् भनी सचेतता अपनाउने गरिएको छ । 

पेकिङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध स्कूलका पूर्व डीन रहेका च्याले सुरक्षाको तुलनात्मक प्रकृतिलाई उपेक्षा गर्नु देशलाई कम सुरक्षित बनाउनु हो भने । 

चीनका अन्य नेताहरूले पनि सोभियत संघको पतनबाट अनुभव लिनुपर्ने बताउने गरेका छन् । सन् २०२१ मा सत्ता सम्हालेपछि सीले पनि पार्टीको अनुशासन तोडिँदा तत्कालीन सोभियत संघको दुई करोड सदस्य भएको बलियो कम्युनिस्ट पार्टीको पतन भएको स्मरण गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्