२८ जेठ २०८३, बिहीबार

भारतमा मन्त्री नियुक्त गर्न पाकिस्तानका प्रधानमन्त्रीको सिफारिस !

माघ १०, २०७८
भारतमा मन्त्री नियुक्त गर्न पाकिस्तानका प्रधानमन्त्रीको सिफारिस !

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ?

भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथा पञ्जाब लोक कांग्रेसका अध्यक्ष क्याप्टन अमरिंदर सिंहले भारतीय कांग्रेस पञ्जाबका अध्यक्ष नवजोत सिंह सिद्धुलाई मन्त्री बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिफारिस गरेको खुलासा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले सिद्धुलाई मन्त्री बनाएमा आभारी हुने सन्देश पठाएका थिए ।

सोमवार पत्रकार सम्मेलन गर्दै सिंहले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले एक अनुरोध पठाएर सिद्धुलाई मन्त्रिमण्डलमा सहभागी गराए आभारी हुने, उनी आफ्नो पुरानो मित्र रहेको अनुरोध गरेका थिए ।’

तत्कालीन मुख्यमन्त्री सिंहले सिद्धुलाई मन्त्रिमण्डलबाट हटाएका थिए । सिद्धुले ७० दिनसम्म एउटा फाइलमा पनि हस्ताक्षर नगरेको सिंहको आरोप छ ।

पञ्जाबमा विधानसभा चुनाव नजिकिँदै गर्दा कांग्रेस पार्टी छाडेर छुट्टै पार्टी बनाएका सिंहले भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर चुनाव लडिरहेका छन् । देशको सुरक्षा र स्थिरताका लागि भाजपासँग मिलेको सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्