०९ साउन २०८३, शनिबार

‘जनकारवाही’ भन्दै विप्लव नेकपाका विद्यार्थीले वडाध्यक्षलाई दले कालोमोसो

‘जनकारवाही’ भन्दै विप्लव नेकपाका विद्यार्थीले वडाध्यक्षलाई दले कालोमोसो

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् ।

‘भ्रष्टाचारीलाई जनकारवाही’ विप्लव निकट विद्यार्थीले वडाध्यक्ष मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् ।

विप्लवका विद्यार्थीले वडाध्यक्ष र सचिवले लाखौं भ्रष्टाचार गरेको, अनियमितता गरेको र कमिसन खाने गरेको आरोप लगाएका छन् ।

आइतवार दिउँसो घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्