२७ जेठ २०८३, बुधबार

स्वदेश फर्किनेबित्तिकै वर्षमानले भने–महासचिवमा मेरो दावी स्वाभाविक

स्वदेश फर्किनेबित्तिकै वर्षमानले भने–महासचिवमा मेरो दावी स्वाभाविक

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले  महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।

‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु’, उनले भने, ‘पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।’ पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए ।

salt training

कमेन्ट गर्नुहोस्