
एमाले नेता योगेश कुमार भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको टिप्पणी गरेका छन् । उनले सरकारबाट केही आशा गर्न नसकिने दाबी गर्दै सबैले आफू बच्न र अरुलाई बचाउनतिर लाग्नुपर्ने धारणा समेत राखेका छन् ।
‘अवस्था सरकारको काबु बाहिर, सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो । आफू बचौँ र अरुलाई पनि बचाऔ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले बजारमा सिटामोल नभएको, स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पताल बन्द भएको, सिरिन्ज अभाव भएको अवस्था देखाउँदै अवस्था भयावह भएको जिकिर गरेका छन् ।
सार्वजनिक स्थलमा खोप कार्ड खोज्ने सरकारले ६० प्रतिशतलाई भन्दा बढी खोप दिन नसकेको पनि उनको भनाइ छ ।