१३ असार २०८३, शनिबार

यस्तो छ सात उपमहानगरमा कांग्रेस–एमालेको गणित, को–कहाँ अगाडि ?

कात्तिक २०, २०७४
यस्तो छ सात उपमहानगरमा कांग्रेस–एमालेको गणित, को–कहाँ अगाडि ?
काठमाडौं, १६ असार– दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशमा दोस्रो चरणको मतदान सम्पन्न भएसँगै अहिले मतगणना जारी छ ।

पछिल्लो मतपरिणाममा नेकपा एमालेले अग्रता लिएको छ भने उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
निर्वाचन भएका सात उपमहानगरपालिकामा पनि मतगणना जारी छ । जस अनुसार बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।

मतगणना शुरु गर्दा बुटबल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको थियो तर त्यो अवस्थालाई एमालेले पन्छाएको छ र आफू अगाडि लागिेको छ ।

वडानम्बर १ को मत गणना हुँदा अगाडि रहेको कांग्रेसलाई वडा नम्बर २ को गणनामा एमालेले पछि पारेको छ । पछिल्लो परिणाममा एमालेका उम्मेदवार शिवराज सुवेदीले २०१७ मत ल्याएका छन् । माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले १६१० मत पाएका छन् ।


दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २३०२ र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले २१७१ मत ल्याएका छन् । कांग्रेसका प्रमुख भुपबहादुर डाँगीले १५७१ र उपप्रमुखमा पुष्पा श्रेष्ठले १६३० मत ल्याएका छन् । माओवादीका जीवन गौतमले ९७६ ल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले २ हजार ९४ र उपप्रमुखमा माया शर्माले १९९९ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले १६३१ र उपप्रमुखमा देविका नेपाली घिमिरेले १७१९ मत ल्याएका छन ।

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा अग्रता बनाएको छ । तर, पाँच घण्टादेखि मतगणना सार्वजनिक भएको छैन । पछिल्लो मतपरिणामा कांग्रेसका भीम पराजुलीले एमालेका विनोद ढकाललाई करिब ५० मतले अग्रता लिएका थिए ।

धरान उपमहानगरपालिका, धनगढी उपमहानगर, इटहरीमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार तिलक राईले ५०० ल्याउँदा एमालेबाट प्रमुखमा तारा सुब्बाले २८२ मत पाएका छन् ।

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रोहितकुमार प्रसाईले १११३ मत ल्याएका छन् भने एमालेका तर्फबाट मेयरका उम्मेदवार द्वारिकालाल चौधरीले ९१७ मत पाएका छन् ।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले ७ सय १८, स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६९०, नेकपा एमालेका दुर्गाप्रसाद जोशीले १ सय ६१ र नेकपा माओवादी केन्द्रका रामसमझ रानाले १४८ मत ल्याएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रापाले अग्रता लिएको छ । राप्रपाका तर्फबाट उम्मेदवार बनेका धवलशम्शेर राणाले ८८६, उपप्रमुखमा रमारानी गुप्ताले ५७७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्