०८ साउन २०८३, शुक्रबार

एकाबिहानै प्रचण्ड भेट्न पुगे वर्षमान

एकाबिहानै प्रचण्ड भेट्न पुगे वर्षमान


नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका छन् । मंगलबार बिहान पुन अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन् ।
सो क्रममा प्रचण्डलाई पुनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।  यस्तै समसामयिक राजनीतिक विषयमा पनि केहीबेर कुराकानी भएको बताइएको छ।  

पुन करिब ४ महिना लामो उपचारपछि साेमबार साँझ चीनबाट नेपाल फर्किएका थिए । उनले पार्टी महासचिवमा आफ्नो दाबेदारी रहेको बताएका छन् । माओवादीको पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ।  

salt training

कमेन्ट गर्नुहोस्