०४ असार २०८३, बिहीबार

बेहुली लिन जाँदा पल्टियो रथ, २ जनाको मृत्यु

बेहुली लिन जाँदा पल्टियो रथ, २ जनाको मृत्यु

बारामा बेहुली लिन जाने क्रममा सोमवार साँझ रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका(३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका(७ की २३ वर्षीया शैलकुमारी राम रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए । 

उनका अनुसार आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर नजिकैको गाउँमा बेहुली लिन गएको रथ सोमवार साँझ साढे ७ बजेतिर अनियन्त्रित भई पल्टिएको हो । 

दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्