१० साउन २०८३, आइतबार

उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल परीक्षण

माघ ११, २०७८
उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका एक अधिकारीले मंगलवार बताएका छन् । 

सन् २०२२ मा प्योङयाङले गरेको यो पाँचौं चरणको क्षेप्यास्त्र परीक्षण हो । 

‘हामीले परीक्षणको विस्तृत विश्लेषण गर्नुपर्नेछ,’ ती अधिकारीले दक्षिण कोरियाका समाचार संस्था योन्हापलाई बताए । ती अधिकारीले यसको विस्तृत विवरण दिएनन् र प्रक्षेपण कहाँबाट गरिएको हो पनि बताएनन् । 

उत्तरले दुईवटा ट्याक्टिकल गाइडेड क्षेप्यास्त्रहरू जनवरी १७ मा प्रहार गरेको थियो । रेलबाट दुई मिसाइल परीक्षण गरेको जम्मा तीन दिनपछि उसले यो क्षेप्यास्त्र परीक्षण गरेको हो । 

जनवरी ५ र ११ मा उत्तरले हाइपरसोनिक क्षेप्यास्त्रहरू पनि प्रहार गरेको दाबी गरेको थियो । तर यसको आधिकारिकता पुष्टि भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्