१९ असार २०८३, शुक्रबार

बुटवलको ज्योतिनगरमा पहिरो नियन्त्रण गर्न साढे २ करोड बजेट

बुटवलको ज्योतिनगरमा पहिरो नियन्त्रण गर्न साढे २ करोड बजेट

गत साउन र भदौमा बुटवलको ज्योतिनगरमा झरेको ठूलो पहिरो नियन्त्रणका लागि बजेट छुट्याइएको छ ।

बस्ती नै जोखिममा पारेको पहिरो व्यवस्थापनका लागि चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत रूपमा २ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि झरेको पहिरो नियन्त्रणमा खर्च गरिने छ । ज्योतिनगरका लागि १ करोड २५ लाख, लक्ष्मीनगरका लागि १ करोड ५ लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

तिनाउ चुरे संरक्षण समितिका अध्यक्ष कमल गौतमले पहिरोले जोखिममा परेका बस्ती बचाउन रकम खर्चिने बताए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले पहिरो नियन्त्रणका लागि थप ४ करोड रुपैयाँ बजेट माग गरेको छ । अध्यक्ष गौतमले हाल विनियोजित बजेटबाट काम थाल्न उपभोक्ता समिति गठन गर्ने प्रक्रिया अघि बढेको बताए ।

बुटवल उपमहानगरपालिकाले यस वर्ष पहिरो प्रभावित क्षेत्रको माटो सफाइ गर्न र बस्ती भित्रको कल्भर्ट निर्माणका लागि ८५ लाख रुपैयाँ लगानी गरिसकेको छ । हाल १५ लाख रुपैयाँ थप विनियोजन गरी खोल्सी सुधारको काम गरिरहेको छ ।

पहिरोले बुटवल–३ ज्योतिनगर क्षेत्रका १ दर्जन घर बगाएको थियो भने करीब २४ घर विस्थापित भएका छन् ।  

पहिरोले ३०० भन्दा बढी घर जोखिममा छन् । लक्ष्मीनगर र पाखापानी क्षेत्रमा पनि पहिरो खसेर बस्तीमा जोखिम देखिएको छ । चुरे क्षेत्रमा जथाभावी खोस्रिँदा पहिरो झरेको चुरे क्षेत्रका जानकारहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्