— तपाईंको मुट्ठीले पनि व्यक्तित्व र प्रेमका बारेमा जानकारी दिन सक्छ भन्ने थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला । लौ, मुट्ठी बनाउनुस् त । ए, बी र सीमध्ये कुन बन्यो ?

टाइप एबाहिरी व्यक्तित्व : तपाईं संवेदनशील हुनुहुन्छ । तपाईंमा कल्पनाको मात्रा प्रचूर छ । तपाईं अरूलाई सहयोग गर्न मन पराउनुहुन्छ । तपाईं जिज्ञासु हुनुहुन्छ, रमाइलो गर्नुहुन्छ र अधैर्य पनि हुनुहुन्छ ।
भित्री व्यक्तित्व : तपाईं कसैले रक्षा गरिदिओस् भन्ने चाहनुहुन्छ । कहिलेकाहीँ तपाईं असाध्यै असल हुनुहुन्छ र यसैकारण तपाईंलाई अरूले उपयोग गर्छन् । सबैजना इमान्दार हुन् भन्ने तपाईं चाहनुहुन्छ ।
प्रेम व्यक्तित्व : तपाईं आफ्ना भावना लुकाउनुुहुन्छ । आफ्ना अनुभूतिलाई तपाईं राम्ररी अभिव्यक्त गर्न सक्नुहुन्न ।
टाइप बी बाहिरी व्यक्तित्व : तपाईं स्मार्ट, आत्मविश्वासी र आकर्षक हुनुहुन्छ । तपाईं सजिलै र छिट्टै साथी बनाउनुुहुन्छ । तपाईंमा आत्मसम्मान प्रशस्त छ । शक्तिमा बस्न तपाईं मन पराउनुहुन्छ । कठोर मेहनत गर्ने अनि लक्ष्यप्रति समर्पित हुने तपाईंको बानी छ ।
भित्री व्यक्तित्व : बाहिर जस्तो भएपनि भित्रभित्रै चाहिँ तपाईं असुरक्षित महसूस गर्नुहुन्छ । केही गुमाइएला अनि असफल भइएला भन्ने डरले तपाईंलाई सताउँछ ।
प्रेम व्यक्तित्व : तपाईं साह्रै धेरै सोच्नुहुन्छ । कहिलेकाहीँ चाहेर पनि तपाईं कदम चाल्न हिचकिचाउनुहुन्छ । कसैसँगको सम्बन्धमा तपाईं एक्लै बस्नुहुन्छ । पार्टनरलाई अप्ठ्यारो नपरोस् भनेर तपाईं डराउनुहुन्छ ।
टाइप सीबाहिरी व्यक्तित्व : तपाईं अत्यन्त सिर्जनशील र तीखो दिमागयुक्त हुनुहुन्छ । तपाईंको बोली छुच्चो छ र तपाईं कहिलेकाहीँ भावनामा बग्ने र तत्काल निर्णय गर्ने गरिदिनुहुन्छ ।
भित्री व्यक्तित्व : तपाईं चूपचाप पीडा सहनुुहुन्छ किनकि तपाईंलाई कुरा बढाउन मन लाग्दैन ।
प्रेम व्यक्तित्व : तपाईं आराम खोज्नुहुन्छ । काम बिस्तारै गर्ने र जे पर्छ त्यो टार्ने तपाईंको बानी छ । तपाईंको मुटु कमलो छ र तपाईंमाथि घात गर्नेलाई पनि तपाईं माफ गरिदिनुहुन्छ ।
एजेन्सी