११ साउन २०८३, सोमबार

घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा २ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार महिला र बालिकाको शव जंगलमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले घटनाको अनुसन्धान भइरहेको बताए । उनीहरूको पहिचान अझै खुल्न सकेको छैन । 

‘महिला र बच्चाको शव फेला परेको छ,’ केसीले लोकान्तरसँग भने, ‘हत्या वा आत्महत्या के हो घटनाको अनुसन्धानमा छौं । कहाँका हुन् ? केही पुष्टि हुन सकेको छैन ।’

शवको अवस्था हेर्दा हत्या गरी फालिएको जस्तो देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्