
अन्तर्राष्ट्रिय चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिरेका यात्रुबाट सरकारले भाडा विवरण माग गरेको छ ।
गत वर्ष महामारीमा भएको चार्टर उडानमा बढी भाडा लिएको विषयमा सरकारले बनाएको छानबिन समितिले यात्रुबाट बढी भाडा तिरेको विवरण माग गरेको छ ।
पर्यटन मन्त्रालयले चार्टर उडानमा बढी भाडा लिएर उडान गरेको सम्बन्धमा छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले हवाई भाडा दरभन्दा बढी भाडा तिर्न बाध्य यात्रुले आफूले तिरेको भाडादरको सूचना उपलब्ध गराउन पर्यटन मन्त्रालयले मंगलवार एक सूचना जारी गरेरै उक्त आग्रह गरेको हो ।
यात्रुले पर्यटन मन्त्रालयले जारी गरेको [email protected] मा इमेलमार्फत सूचना दिन पनि आग्रह गरेको छ ।