१० साउन २०८३, आइतबार

रशिला विश्व ब्याडमिन्टनको जुनियर बरियतामा सातौँ स्थानमा

रशिला विश्व ब्याडमिन्टनको जुनियर बरियतामा सातौँ स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् ।

 नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भएकामा बधाई दिएको छ । आगामी दिनमा अझ मिहिनेतका साथ अगाडि बढ्न सफलता प्राप्त होस् भन्दै सङ्घले शुभकामना व्यक्त गरेको छ ।
 
नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को उचाइलाई छुन सफल भएकामा खुसी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन सङ्घले यसबाट खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तरलाई उकास्न थप दबाब परेको र त्यसमा सङ्घ सदा अग्रसर रहने विज्ञप्तिमा उल्लेख छ ।
 
 विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्