१४ असार २०८३, आइतबार

नुहाउन तमोरमा गएका म्यादी प्रहरीलार्इ नदीले बगायो, खोजी जारी

कात्तिक २०, २०७४
नुहाउन तमोरमा गएका म्यादी प्रहरीलार्इ नदीले बगायो, खोजी जारी


धनकुटा, १६ असार- नुहाउन नदीमा पसेका एक म्यादी प्रहरी तमोर नदीमा बेपत्ता भएका छन् ।

धनकुटाको खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा  नदीमा बगेर बेपत्ता भएका छन् । 

गर्मी भएपछि शुक्रबार नुहाउन तमोर नदीमा गएका म्यादी प्रहरी सचिन लिम्बुलार्इ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए । 

धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे स्थायी घर भएका लिम्बु खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकाको त्रिवेणी प्रहरी चौकी अन्र्तगतका मतदान स्थलको सुरक्षाको लागि खटिएका थिए । बेपत्ता भएका लिम्बुको -याफ्टीङद्धारा खोजी भई रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजभण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्