०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री देउवाको जिल्लामा माओवादी विजयी

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाको जिल्लामा माओवादी विजयी

डडेल्धुरा, १६ असार– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अजयमेरुको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उमेश भट्ट (विकास) विजयी भएका हुन् । अजयमेरुको उपाध्यक्षमा पनि माओवादीकै कलावती भाँण विजयी भएकी छन् ।

अध्यक्षमा निर्वाचन माओवादीका उम्मेदवारले अध्यक्षमा एमालेका धनबहादुर साउँद र उपाध्यक्षमा एमालेकै सुस्मिता पन्तलाई पराजित गरेका हुन् ।

उक्त गाउँपालिकामा कांग्रेसबाट बागी उठेका उम्मेद्वार तेस्रो स्थानमा रहन सफल रहे भने । कांग्रेसका आधिकारिक उम्मेदवार चौथो स्थानमा सीमित रहे ।

salt training

कमेन्ट गर्नुहोस्