१३ असार २०८३, शनिबार

बसको ठक्करबाट दुईको मृत्यु

कात्तिक २०, २०७४
बसको ठक्करबाट दुईको मृत्यु

तनहुँ, १६ असार -दमौलीबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ ।

ग १ ख ३६९१ नको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको मृत्युपछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्