
काठमाडौँ, १६ असार - त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर दोस्रो वर्षको नेपाली र पत्रकारिता तथा आमसञ्चार विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com र www.tu.ntc.net.npमा हेर्न र नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस