रुकुम, १६ असार— रुकुमको ९ ओटै स्थानीय तहमा जित माओवादीले जित दर्ता गरेको छ ।

पहिलो चरणको निर्वाचनमा ६ स्थानीय तह जितेको माओवादीले दोस्रो चरणको निर्वाचनमा पनि बाँकी ३ स्थानीय तह जित्दै माओवादी किल्लाको रुपमा स्थापित गर्यो ।
जनयुद्धको आधार इलाका मानिने रुकुम गृहमन्त्री जनार्दन शर्माको गृहजिल्ला पनि हो ।