२२ जेठ २०८३, शुक्रबार

सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर

कात्तिक २०, २०७४
सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ असार - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोरप्रसाद स्वर्णकारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

 

      आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कानुनअनुसार कटान अनुमति लिई कटान गरेको गोलिया काठको लगत मूल्याङ्कन गर्ने कार्यमा सहायक वन अधिकृत स्वर्णकारले रु छ हजार घुस मागेका थिए ।

      सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले सहायक वन अधिकृत स्वर्णकारलाई कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

      आयोगले आरोपीसँग बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्