०९ असार २०८३, मंगलबार

बझाङको तीन गाउँपालिकामा एमाले विजयी (सुचीसहित)

कात्तिक २०, २०७४
बझाङको तीन गाउँपालिकामा एमाले विजयी (सुचीसहित)

बझाङ, १६ असार - जिल्लाको चिरबित्थड गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का प्रेमबहादुर बोहोरा दुई हजार ७११ र उपाध्यक्षमा एमालेकी जानकी बोहोरा दुई हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।UML-Ballot

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर खड्काले दुई हजार २५२ र उपाध्यक्षमा काँग्रेसकै कलावती जोशीले दुई हजार ३२७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी दुर्गाथली गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार प्रयागराज जोशीले एक हजार ५९० र उपाध्यक्षमा एमालेकै पार्वती जप्रेलले एक हजार ६१२मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्विन्द्वी नेपाली काँग्रेसका जनक दौल्यालले एक हजार ४५३ र उपाध्यक्षमा काँग्रेसकै शान्ति महतले एक हजार ५७२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै तलकोट गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का लालबहादुर विष्ट दुई हजार ६४ र उपाध्यक्षमा एमालेकै धनलक्ष्मी खत्रीले दुई हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र सिंहले दुई हजार र उपाध्यक्षमा काँग्रेसकै जयकुमारी ऐडी दुई हजार ३७ मत प्राप्त गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्