०७ साउन २०८३, बिहीबार

राती १०ः ५० बजेको अपडेटः ४७ स्थानीय तहको नतिजा आयोः एमाले र कांग्रेसबीच कडा टक्कर

कात्तिक २०, २०७४
राती १०ः ५० बजेको अपडेटः ४७ स्थानीय तहको नतिजा आयोः एमाले र कांग्रेसबीच कडा टक्कर

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । शुक्रबार १०ः५० बजेसम्मको मतपरिणाम अनुसार ४७ स्थानीय तहको नतिजा आएको छ ।Major-party-Vote-Count
नतिजा अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म एमालेले १९ स्थानमा जित हासिल गर्दा कांग्रेसले १८ स्थानमा जित हात पारेको छ ।
यस्तै माओवादी केन्द्र भने तेस्रो स्थानमा रहेको छ । पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणमा पनि उसको नतिजा सुधारिएको देखिएको छ्रैन । पछिल्लो प्राप्त तथ्यांक अनुसार माओवादीले ८ स्थानमा जित हात पारेको छ ।
यस्तै जनमोर्चा र संघीय समाजवादी फोरमले १—१ स्थानमा जित दर्ता गराएका छन् ।
बुधबार प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन भएका थिए । जसको सबै मतपरिणाम आउन एक साता बढी लाग्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्