२३ जेठ २०८३, शनिबार

सीमा सुबेदीलाई गीतबाटै जवाफ दिइन् संगीताले (हेर्नुहोस् भिडियो)

कात्तिक २०, २०७४
सीमा सुबेदीलाई गीतबाटै जवाफ दिइन् संगीताले (हेर्नुहोस् भिडियो)

काठमाडौं, १७ असार- गायिका संगीता रायमाझीले सीमा सुबेदीलाई गीतबाट जवाफ फर्काएकी छिन् ।sima su

निरञ्जन सापकोटाको संगीतमा रहेको उक्त गीतको शब्द गायिका संगीताको नै रहेको छ । अडियो नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन र बुद्ध सायमीले गरेका छन् ।

देशभक्तिपूर्ण शब्द रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेन्मेन्टले युट्युवबाट यसै हप्ता सार्वजनिक गरेको हो ।

भारतको गोरखाल्याण्ड आन्दोलनको विषयमा नेपालीहरुले देखाएको सदासयतालाई गलत ढंगबाट ब्याख्या गरी नेपाली समुदायलाई गालीमा उत्रिएकी मोडल भनिएकी सीमा सुबेदी गत साता सामाजिक संजालमा भाइरल भएकी थिइन् ।

सीमाले नेपाली जनतालाई भारतमा भाँडा माझ्ने समुदायको रुपमा आरोप लगाए पछि राष्ट्रबादी नेपालीहरु उनलाई विभिन्न तरिकाबाट गालीको जवाफ फर्काउन लागि परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्