२२ जेठ २०८३, शुक्रबार

पराजुलीको संसदीय सुनुवाइ सुरु हुँदै

कात्तिक २०, २०७४
पराजुलीको संसदीय सुनुवाइ सुरु हुँदै
काठमाडौँ, १७ असार - संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस गोपालप्रसाद पराजुलीको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्राचार गरेको छ । परिषद्ले शुक्रबार संसदीय सुनुवाइ विशेष समितिमा पराजुलीको सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो, गोरखापत्रमा खबर छ ।gopal-parajuli-1 (2)
सुनुवाइ समितिले परिषद्को पत्राचारअनुसार आइतबार सुनुवाइ प्रक्रिया सम्बन्धमा छलफलका लागि बैठक बोलाएको छ । समितिले आइतबारदेखि औपचारिक रूपमा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

समिति सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइ प्रक्रियाबारे छलफल गर्न आइतबार प्रारम्भिक बैठक बोलाइएको बताए ।

आइतबारदेखि सुनुवाइ प्रक्रिया आरम्भ भएमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समितिले उजुरी आह्वान गर्नेछ । यसअघिको अभ्यासअनुसार १० दिन उजुरीका लागि समय दिने प्रचलन छ । उक्त समयसीमाअनुसार सोमबारदेखि उजुरी प्रक्रिया सुरु हुनसक्छ ।
१० दिनको समयसीमापछि समितिले उजुरी प्राप्त भएमा उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि बोलाउनेछ । बढीमा १५ दिनभित्र सुनुवाइ प्रक्रिया सम्पन्न हुन सक्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्