२७ जेठ २०८३, बुधबार

पाल्पाको तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
पाल्पाको तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी

रामपुर, पाल्पा, १७ असार
 -तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

तिनाहुँ गाउँपालिकाको प्रमुखमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेयले दुई हजार सात सय सात मत ल्याए ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी भईन् । उनले दुई हजार आठ सय ७५ मत ल्याएकी छिन भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मन कार्कीले दुई हजार छ सय ८६ मत पाएका छन् ।

त्यस्तै पूर्वखोला अध्यक्षमा एमालेका नुनबहादुर थापा आठ हजार आठ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई पाँच हजार चार सय मत ल्याई विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पुष्पा गाहाले एक हजार एक सय ४३ मत पाएकी छिन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा अन्य स्थानीय तहको मतगणना जारी छ ।

रामपुर–२ मा कांग्रेस, ९ मा एमाले
रामपुर नगरपालिका वडा नं २ मा कांग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा कांग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पदमबहादुर कुमालले तीन सय २७ मत ल्याएका छन् ।

त्यसै गरी वडा नं ९ मा एमालेका इच्छाराम सिञ्जालीसहितको समूह निर्वाचित भएको छ । सिञ्जालीले छ सय ६७ उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच सय ७१ मत पाएका छन् । वडा नं १ र १० को शुक्रबार नै मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले वडा नं ३ र ८ को मतगणना भइरहेको छ ।

निस्दीमा एमाले
निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन् । उनले पाँच हजार तीन सय २० र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिकराम पाण्डेयले दुई हजार दुई सय ५३ मत ल्याएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकी छिन् । अर्यालले पाँच हजार दुई सय ५६ र उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलु गैरेले दुई हजार एक सय ८५ मत पाएका छन् ।

निस्दी गाउँपालिकाका सात वटा वडामध्ये १ र ७ मा कांग्रेसको समूह तथा २, ३, ४, ५ र ६ मा एमालेको समूह विजयी भएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।

वडा नं १ मा कांग्रेसका पूर्णबहादुर खाँण, २ मा एमालेका पूर्णबहादुर बाकाबल, ३ मा लक्ष्मीप्रसाद पाटा मगर, ४ मा नीरबहादुर सुनारी, ५ मा भीमबहादुर सुनारी, ६ मा मेखबहादुर सुनारी तथा ७ मा काँग्रेसका गगनसिं सोती निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्