चितवन, १७ पुस– गौहत्या भएको भन्दै चितवनका नागरिकहरुले विरोध गरेका छन् । कैलालीको गोदावरी जङ्गलमा सयौं गाई गोरुहरुको हत्या भएको भन्दै चितवनका नागरिकहरुले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

धार्मिक एवं सामाजिक संघसंस्था र तिनका अगुवाहरुको अग्रसरतामा आइतवार चितवनका प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाइसके पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शब्द चिन्तनका स्वामी दुर्गादासले ठूलो संख्यामा गोवंशको हत्या हुनु र त्यसको बिरोधमा बन्द लगायतका कार्यक्रम हुँदा पनि सरकार मौन रहनुले थप शङ्का बढाएको बताए ।