०२ असार २०८३, मंगलबार

नेटवर्किङ व्यवसायमा संलग्न ३ जना पक्राउ

नेटवर्किङ व्यवसायमा संलग्न ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो । 

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने ३ जनालाई पक्राउ गरिएको हो । 

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ । उनीहरूले २ महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्