०२ असार २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुनमा हुने

माघ २०, २०७८
त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुनमा हुने

कोरोना संक्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान ४ वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमित तर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन् । यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन् ।

सञ्चालनकै क्रममा कोरोना संक्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो ।

पनिकाले बुधवार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ ।

स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्