१७ असार २०८३, बुधबार

लिङ्ग परिवर्तन गराएर आयुष्मान बने युवती जोया, प्रेमीसँग ‘लभ’ परेपछि हत्या

माघ २०, २०७८
लिङ्ग परिवर्तन गराएर आयुष्मान बने युवती जोया, प्रेमीसँग ‘लभ’ परेपछि हत्या
प्रतिकात्मक तस्वीर

भारतको लखनऊका युवा आयुष्मान सिंह लिङ्ग परिवर्तन गरेर युवती जोया बनिन् । लिङ्ग परिवर्तन गर्न उनले ७० हजार रुपैयाँ खर्च गरिन् ।

लिङ्ग परिवर्तनपछि जोया प्रेममा परिन् । प्रेमपछि सआदतगंज निवासी फैजानसँगै बस्न थालिन् जोया ।

प्रेमीसँग बसिरहेको अवस्थामा जोयाको हत्या भएको छ । सिसा प्रहार गरी उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका प्रेमी फैजानविरुद्ध हत्या अभियोग दर्ता गरिएको छ । जोयाको कोठाभित्र हत्या गरिए पनि बाहिर तालाबन्द गरिएको थियो ।

प्रहरीको रोहवरमा ताला खोलिएपछि जोयाको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्