०१ असार २०८३, सोमबार

एक करोडको सुन र आइफोनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

एक करोडको सुन र आइफोनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य पर्ने एक केजी ५५ ग्राम सुन र केही थान मोबाइल सहित तीन जना व्यक्ति पक्राउ परेका छन् । 

युएईबाट काठमाडौंमा उत्रिएका यात्रुको मलद्वारबाट एक केजी सुन प्रहरीले बरामद गरेको हो । 

सारजहाबाट एयर अरेबियाको विमानमा काठमाडौं आएका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीय दावा छिरिङ शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

उनले लुकाएर ल्याएको सुनको अन्दाजी मूल्य ८३ लाख ३९ हजार २४७.५ हुने प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, विमानस्थलबाट प्रहरीले पाँच थान आइफोन, र सुनको बेरुवा औँठी सहित अन्य २ जनालाई पनि पक्राउ गरेको बताएको छ । 

दुवईबाट हिमालय एअरलाइन्समा काठमाडौं आएका रौतहटका सुनिल कुमार साह र मकवानपुरका नवराज परियार पक्राउ परेका हुन् । 

साहको साथबाट ५० ग्रामको सुनको वेरुवा औँठी प्रहरीले बरामद गरेको छ । उक्त औँठीको अन्दाजी मूल्य तीन लाख ९५ हजार २२५ हुने प्रहरीले बताएको छ । 

उनीहरुको साथबाट ८ लाख मूल्यको मोबाइल फोन प्रहरीले बरामद गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्