३० असार २०८३, मंगलबार

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

 राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै आयोगले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

आयोगले  सो घटनालाई लिएर बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर जानकारी लिएको बताएको छ ।

जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नभएको तथा हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताएको आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्